×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

 टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस… (फोटो-कथा)

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनका रुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ । सरकारले आज राष्ट्रिय दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक बिदा दिँदै आएको छ । 

मुलुकमा २०६२/०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ । सरकारले यो वर्ष गणतन्त्र दिवस भव्यरूपमा मनाउन संघ, प्रदेश र स्थानीय तहमा समेत मूल समारोह समिति गठन गरी दिवस मनाउने तयारी गरेको छ ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन भई दिवस मनाउने तयारी छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा समन्वय समितिको प्रमुख र स्थानीय तहमा गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखहरूको नेतृत्वमा मूल समारोह समितिहरू गठन भएका छन् । 

ती समितिहरूले आफ्ना क्षेत्रमा रचनात्मक कार्यहरू गर्दै यो दिवसलाई उत्सवका रुपमा मनाउने तयारी गरेका छन् । सरकारले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाल राजदूतावास नियोगहरूमा दीपावली गर्न भनेको छ भने अन्य विभिन्न कार्यक्रमहरू समेत हुँदैछन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी