काठमाडौँ । सरकारले उर्जा क्षेत्रको विकासका लागि साढे ५० अर्ब बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा सरकारले उर्जा क्षेत्रलाई प्राथामिकता राखेर बजेट ल्याएकोसमेत बताएका छन् ।
त्यस्तै, उनले विद्युतको पहुँच बढाउने, विद्युत खपत बढाउने, जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने घोषणा गरेका छन् ।