काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमलाई १० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रमका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको हो ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री पुनले सो कार्यक्रमका लागि १० करोड विनियोजन गरेको बताएका छन् ।