×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल बाराही काठमाडौंको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होटल बाराही काठमाडौंको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

Artha Sarokar

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।

‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्नेछन् ।

बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।

काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ ।

चार तारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ ।

त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी