काठमाडौँ । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको लाइसेन्स खारेज भएको छ । तोकिएको अवधिभित्र नवीकरणको दस्तुरसहित निवेदन नदिएपछि सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज भएको हो ।
२१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको सीजी कम्युनिकेसन (तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि)ले तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
सीजी कम्युनिकेसनको अनुमतिपत्र (लाइसेन्स) दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) अनुसार स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।