×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयका विद्यार्थीहरुलाई ब्याग वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यालयका विद्यार्थीहरुलाई ब्याग वितरण

Artha Sarokar

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण गरेको छ । बालुवाटार ४ काठमाडौँमा रहेको सो बैंकले नघल टोल २८ काठमाडौँस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जेठ २५ गते स्कुल ब्याग वितरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १ सय ५० थान स्कुल ब्याग, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको छ ।

सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै, ब्याग वितरणले विद्यार्थीहरूलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्त रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएमल, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी