काठमाडौँ । भक्तपुरमा ग्रीन भेजिटेबल एक्सपो आयोजना हुने भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा व: फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो (२०२४) आयोजना हुने भएको हो ।
मध्यपुर थिमी नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्राङ्गणमा मेला आयोजना हुनेछ ।
त्यस्तै, बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाडौँ उपत्यकाका ख्यातिप्राप्त १८ वटा नेवारी रेस्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुह लगायतका विभिन्न ग्रीन भेजिटेबल र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिएका छन् ।
उनका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ । मेलामा नेवारी रेस्टुराँलगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेल नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य सङ्घसंस्थालाई ४ लाख रुपैयाँभन्दा बढीको अग्रिम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।
मेलामा विभिन्न व का परिकार उपलब्ध हुनेछन् । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वःर लापी वः, खें वः ख्वल्चा वः, भु वःर तःपा वः, सू वःरबारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन ।
लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइनेछ । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गरिनेछ । मेलाले मध्यपुरथिमीको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई तावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिने समितिका अध्यक्ष रमेश प्रजापतिले बताएका छन् ।
मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो । मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक बिक्रम बाडेले बताए । मध्यपुरमा रहेका प्राकृतिक सौन्दर्यता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्याई पर्यटकलाई आकर्षित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ । समितिका अनुसार, मध्यपुरमा भएको माटोको भाँडो बनाउने, सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।
यसै सिथिनखःबाट मध्यपुर थिमीका जनताबाट सेवा प्रदान गरी मध्यपुर बासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउनका लागि मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ । भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरु तलेजु भगवानलाई चढाउने गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्