×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा मोटर्सद्धारा ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जगदम्बा मोटर्सद्धारा ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक

Artha Sarokar

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको हो ।

ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गतेसम्म चल्नेछ ।’मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटि एफआई बिएएस भिआई राइड मोडहरू र जिटिटि (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्दछ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ ।

त्यस्तै, यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा क्यास डिस्कान्ट पाउनेछन् । साथै, पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन् र यी प्रस्तावहरूलाई अझ पहुँच योग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९ सय ९९ प्रति महिनाको इएमआई पनि उपलब्ध गराएको छ । त्यस्तै, ग्राहकहरूले हेलमेट, बाइक कभर र ब्याग लगायत नि:शुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १ सय ४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम् सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी