×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल बाराही काठमाडौँको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होटल बाराही काठमाडौँको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’

Artha Sarokar

२८ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । होटल बाराही काठमाडौँको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्चु अफर’ सुरु भएको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्चु अफर’ सुरु भएको हो ।

ग्राहकले होटलको सातौँ तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार छुट पाउने होटलका महाप्रबन्धक रोशन सापकोटाले  जानकारी दिएका छन् । उनका अनुसार शनिबार ग्राहकले करसहित २ हजार ५ सय रुपैयाँमै स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्नेछन् । साथै, ग्राहकले सोही प्याकेजमा पुल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको मज्जा लिन सक्नेछन् ।

यस प्याकेजका लागि ग्राहकले प्रि बुकिङ अर्थात जानु भन्दा अगाडि नै बुकिङ गर्न आवश्यक हुने सापकोटाको भनाइ छ । काठमाडौँको प्रिमियम लोकेसनमा रहेको यस होटलमा स्विमिङ पुलमा मज्जा लिँदै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ ।

स्विमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्विमिङ पुल खुला गरिएको हो ।  स्विमिङ पुल रहेको सातौँ तलामा रेस्टुरेन्ट समेत रहेको छ । पुल साइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ ।केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौँ उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै, घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम शृंखला देख्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी