काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरूले अल जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
कम्पनीका अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजार भन्दाबढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।
त्यस्तै, उक्त कम्पनीहरूबीच भएको सम्झौता अनुसार युएईमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिइएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुत्तानी सुचारु गरेको छ ।