काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको थियो ।
शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबार खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसाले कारोबार भएको थियो ।
त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ । बिहीबार खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसाले कारोबार भएको थियो । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५२ पैसा रहेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसामा तोकिएको छ । बिहीबार खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो । विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकारमा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्