काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ ।
राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको पाठकले बताएका छन् । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्