×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट विनियोजनमा पदको दुरुपयोग भएको छैन’- गृहमन्त्री 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बजेट विनियोजनमा पदको दुरुपयोग भएको छैन’- गृहमन्त्री 

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले आगामी आर्थिक वर्षको बजेट पदको दुरुपयोग नगरी विनियोजन गरेको बताएका हुन् । 

उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका छन् । ‘बजेट हामीले सकेजति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन, पदको सदुपयोग गरिएको छ ।’, उनले भने, ‘आवश्यकताअनुसार सकेको गरिएको छ ।’

त्यस्तै, गृहमन्त्री लामिछानेले आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताएका छन् । साथै उनले बजेट पास भइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा गएर नागरिकहरूसँग अन्तरक्रिया पनि गर्ने बताएका छन् । साथै उनले बजेट विनियोजनमा समस्या नभएर बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी