×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा किर्तीपुर बस्ने ३२ वर्षीय केशव राज जोशी रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बबरमहलबाट पक्राउ गरेको हो।

जोशीले ६ जनालाई वर्किङ भिषामा आकर्षक तलब हुने प्रलोभन देखाएर माल्टा पठाउने भन्दै रकम ठगी गरेका थिए। प्रहरीका अनुसार पीडितहरुलाई कतारसम्म पुर्याएर अलपत्र पारेको र कतारको अध्यागमनले नक्कली भिषा भनी उनीहरुलाई नेपाल फर्काएको थियो।

हाल पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी