×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडिसी लघुवित्तले १६ हजार ५ सय १० कित्ता संस्थापक सेयर बिक्री गर्दै, फारम भर्न कहाँ जाने ?

PRIME CA

आरएसडिसी लघुवित्तले १६ हजार ५ सय १० कित्ता संस्थापक सेयर बिक्री गर्दै, फारम भर्न कहाँ जाने ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १६ हजार ५ सय १० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका ३ जना संस्थापकहरूले आफ्नो सेयर बिक्री गर्न लागेको हो। संस्थाका संस्थापक सेयरधनी कमला न्यौपानेले २ हजार ३ सय ३२ कित्ता, निरन्जन ज्ञवालीले ६ हजार ७ सय १५ कित्ता र केशव प्रसाद भण्डारीले ७ हजार ४ सय ६३ कित्ता सेयर बिक्री गर्न लागेको हो। 
बैंकले जारी गरेको संस्थापक सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिनुपर्ने छ । तोकिएको समयभित्र आवश्यक अनुसार आवेदन नआएमा उक्त सेयर लगानी गर्न चाहने अन्य नयाँ व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिनेछ।
उक्त शेयर एनआईसी एशिया क्यापिटल तथा संस्थाको कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: