×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

२३ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

लघुवित्तले शुक्रबार विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत करिब ८४५ जना विपन्न छात्रछात्राहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । 

त्यसैगरी, झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तीर्थालुहरूको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टबिन र र्याक उपलब्ध गराएको छ। 

संस्थाले ७५ शाखा कार्यालयहरू मार्फत ७४ हजारभन्दा बढी सदस्यहरूलाई सेवाहरू प्रदान गर्दै करिब रु. ९२ करोड बचत सङ्कलन गरी करिब रु. ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी