×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र नास आईटीबीच दिगो साझेदारी सम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंक र नास आईटीबीच दिगो साझेदारी सम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंक र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नासआईटी) बीच सम्झौता भएको छ । उक्त कम्पनीबीच दिगो साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नासआईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नासआईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रुपमा रहेकोले यो सम्झौता अघि बढेको जनाउदै ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा  जानकारी दिएका छन् । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने कुरा पोखरेलले उल्लेख गरेका छन् ।

ग्लोबल आइएमई बैंकले ७७ जिल्लाको ३ सय ५४ वटा शाखा कार्यालयहरूबाट भौतिक रुपमा बैंकिङ सुविधा प्रदान गर्दै आफ्नो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ । यस बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहकहरूले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवाहरू तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी