काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसदहरुले प्रधानमन्त्रीसँग राजिनामा माग गरेका हुन् ।
बैठकमा बोल्दै एमाले सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार नरहेको भन्दै राजिनामा मागेका छन् ।
अविरल वर्षाका कारण सारा देश डुबानमा परेका बेला प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई राजिनामा दिएका काम गर्न मार्ग प्रसस्त गर्न पनि एमाले सांसदहरुले माग गरेका छन् ।
बैठकमा बोल्दै एमाले सांसद विद्या भट्टराई, अच्युतप्रसाद मैनाली, किरणकुमार साह, बासुदेव घिमिरे लगायतका सांसदहरुले प्रधानमन्त्री प्रचण्डले अविलम्व राजिनामा दिनुपर्ने भनाई राखेका छन् ।