Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले  १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुने रकम रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात  १२ लाख कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार  कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नका लागिएको छ । 

बैंकले ऋणपत्र निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक साथै डिबेन्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौता पत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK