काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य बढेको छ । पुदिना २०० रुपैयाँले बढेर प्रतिकेजी ५०० रुपैयाँमा किनबेच भईरहेको छ।
नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला (लोकल) २० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी ९०, घिउ सिमी लोकल १३०, घिउ सिमी राजमा १४०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ८०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ६० रुपैयाँ, घिरौला ९०, झिगुनी ६०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १३०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १४०, कन्य च्याउ २००, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १२०, ब्रोकाउली १४०, चुकन्दर ६०, सजिवन ५००, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २००,पार्सले ५००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १००, हरियो लसुन १४०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार ३५०, आँप (मालदह) १२०, आँप (दसहरी) १२०, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ६०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्