×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे अनुसन्धान गर्दै सीआईबी, भेटिएला सेटिङको प्रमाण ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे अनुसन्धान गर्दै सीआईबी, भेटिएला सेटिङको प्रमाण ? 

१ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । वित्तीय विवरणमा छेडखानी गरेर बुक बिल्डिङ विधिमार्फत महँगो मूल्यमा आइपिओ जारी गर्न लागेको भन्दै एक समूहले दिएको उजुरीका आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको हो । 

रिलायन्सको आईपीओको बारेमा सीआईबीमा परेको उजुरीका विषयमा नियामक नेपाल धितोपत्र बोर्डलाईसमेत जानकारी गराइसकिएको सीआईबी स्रोतले बताएको छ ।

स्रोतका अनुसार सीआईबीमा परेको उजुरीमा कम्पनीले बुक बिल्डिङ विधिमार्फत महँगो मूल्यमा आइपिओ जारी गर्नकै लागि कम्पनीको अडिट रिपोर्ट नै किर्ते गरेर वित्तीय विवरणमा छेडखानी गरेको उल्लेख छ ।

त्यस्तै, उक्त उजुरीमा कम्पनीले आइपिओ निष्कासनका लागि विभिन्न निकाय तथा व्यक्तिसँग सेटिङ गरेको पनि उल्लेख भएको सीआईबी स्रोतले बताएको छ । 

योसँगै अब रिलायन्सको आईपीओबारे परेको उजुरीका आधारमा कम्पनीसँग सोधपुछ वा कागजपत्र माग गर्न सकिनेछ । अनुसन्धानका क्रममा आईपीओ जारी गर्ने प्रक्रियामा कसुर भएको देखिए ३० दिनभित्र प्रमाणसहितको मिसिल पठाउनुपर्नेछ । र मुद्दा चलाउनुपर्ने भए ३५ दिनभित्र जिल्ला अदालतमा मुद्दा दाय गर्नुपर्नेछ । 

यसो त आइपिओ निष्कासनको प्रक्रियामा सेटिङको गन्ध आएपछि र चौतर्फी प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले पनि कम्पनीको आईपीओबारे प्रश्न उठाएको थियो । समितिले रिलायन्सको आईपीओबारे उठेका प्रश्नको जवाफ पठाउन भन्दै धितोपत्र बोर्डलाई पत्र पठाएपछि बोर्डले तत्कालका लागि कम्पनीको आईपीओ स्थगित गरेको थियो । त्यसलगत्तै रिलायन्सको आइपिओ रोक्न माग गर्दै अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले पनि कम्पनीको आईपीओ तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

मिलेमतोमा महँगो मूल्यमा आईपीओ जारी गरेको भन्दै चौतर्फी विरोध भएपछि अर्थ सरोकार डटकमले कम्पनीको फ्याक्ट्रीमै पुगेर स्थलगत रिपोर्टिङसमेत गरेको थियो । 

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी