×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो बेबी बुल हो, बिग बुल पेन्डिङ छ, अहिलेको बढोत्तरी कायम रहे बजार सजिलै २५०० बिन्दुमा पुग्छ’- बिमोददेव पन्त 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘यो बेबी बुल हो, बिग बुल पेन्डिङ छ, अहिलेको बढोत्तरी कायम रहे बजार सजिलै २५०० बिन्दुमा पुग्छ’- बिमोददेव पन्त 

Artha Sarokar

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले अहिले सेयर बजारमा ‘बेबी बुल’ सुरु भएको बताएका छन् । अर्थ सरोकार डटकमको घटना र बजार कार्यक्रममा बोल्दै पन्तले अहिलेको बजार बढोत्तरीले ‘बेबी बुल’लाई संकेत गरेको बताएका हुन् । 

उनले सेयर बजारको ‘बिग बुल’ पेन्डिङमा रहेको भन्दै अहिले ‘बेबी बुल’ सुरु भएको बताएका छन् । 

बुधबार सेयर कारोबारमा धेरैपछि अल टाइम हाई भोलुम देखिएको र यो भोलुम सेयर बजारको बढोत्तरीका लागि सकारात्मक भएको पन्तको भनाई छ । उनले बुधबार सेयर बजारमा देखिएको भोलुम यही गतिमा बढ्दै जाने हो बजारमा राम्रो बढोत्तरी देख्न सकिने बताएका छन् । तर, कारोबार रकम घट्दै गयो भने चाहिँ सोच्नुपर्ने पन्तको भनाई छ । 

त्यस्तै, सेयर बजारमा कुनै कुनै सेक्टरमा टप लागिसकेको उल्लेख गर्दै पन्तले अहिले लार्ज क्याप हाइड्रो, बैंकिङइन्स्योरेन्स सेक्टरमा अलिकति पनि चार्म देखियो भने बजार सहजै २५०० बिन्दुमा पुग्ने बताएका छन् । 

धेरैले अहिलेको बढोत्तरीलाई बुल सुरु भएको तर्क गरे पनि पन्तले भने अहिलेको बढोत्तरी सेयर बजारको ‘बेबी बुल’ भएको र यो बढोत्तरी कायम रहे छिट्टै ‘बिग बुल’ पनि देख्न पाइने बताएका छन् । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी