×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिब्र गतिमा बढ्न थाल्यो घरजग्गाको कारोबार, सस्तिएका घरजग्गाले भाउ पाउन थाले, राजश्व पनि बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तिब्र गतिमा बढ्न थाल्यो घरजग्गाको कारोबार, सस्तिएका घरजग्गाले भाउ पाउन थाले, राजश्व पनि बढ्यो !

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । घरजग्गाको कारोबार तिब्र गतिमा बढ्न थालेको पाइएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा घरजग्गाको कारोबारमा बढोत्तरी देखिएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक बर्ष २०७९-८० को तुलनामा आर्थिक बर्ष २०८०-८१ मा घरजग्गाको कारोबार बढेको हो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा कारोबारको लिखत पारित मात्रै ७२ हजार ३७३ वटाले बढी भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा कित्ताकाटको लिखत पारितमात्र ३ लाख ४८ हजार ५४ पटकले बढी भएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक बर्षमा जग्गा बाँडफाँटलगायतबाहेक १ लाख ६० हजार ४१८ वटा कारोबार लिखत पारित भएकोमा गत आर्थिक बर्षमा जग्गा बाँडफाँटलगायत गरी कुल १३ लाख ३३ हजार ९५७ पटक कित्ताकाट भएको छ भने गत आर्थिक वर्ष मात्रै कित्ताकाटका ५ लाख ३५ हजार ६९५ वटा लिखत पारित भएकोथियो।

कारोबारबाट उठ्ने राजश्वमा देखिएको बढोत्तरीले पनि घरजग्गाको कारोबार बढेको पुष्टी गर्छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा १ अर्ब २६ करोड २६ लाख रुपैयाँले बढी उठेको छ । अघिल्लो आर्थिक वर्षभर कुल ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ राजस्व उठेकोमा गत वर्ष ४२ अर्ब ४२ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।

२०७९ साल जेठ २३ गते भूउपयोग नियमावली जारी गर्दै पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइने नियम आएपछि घरजग्गाको कारोबार घटेको थियो । यहि कारण २०७९ मंसिरदेखि कित्ताकाट ठप्प प्राय: भएको थियो । सरकारले नियमावली संशोधन गरेर आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने, प्लानिङको स्वीकृति लिएकालाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाइने व्यवस्था गरेपछि कारोबार केहि बढेको थियो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले कर्जानीतिमा ल्याएको खुकुलो व्यवस्थाका कारण पनि घरजग्गाको कारोबार बढेको व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंक आफ्नो नीतिमा थप खुकुलो भएको अवस्थामा घरजग्गाको कारोबार थप बढ्ने र यसले अर्थतन्त्रसमेत थप चलायमान बनाउने आशा व्यवसायीहरुले लिएका छन् ।

व्यवसायीहरुका अनुसार पछिल्लो समय घरजग्गाले मोलपनि राम्रो पाउन थालेका छन् । मन्दीका कारण घरजग्गाको कारोबार निकै घटेको अवस्था भएका कारण पनि घरजग्गाको कारोबार बिगतमा घटेको थियो । यद्यपी, अहिले भने कारोबार पनि बढेको र घरजग्गाले मोलसमेत पाउन थालेको व्यवसायीहरु बताउँछन् । कारोबार ठप्प प्राय: हुँदा काठमाडौँ उपत्यकाकै घरजग्गा आधा मूल्यमा आएका थिए । अहिले ती घरजग्गाले पनि भाउ पाउन थालेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी