काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा सरकारले हस्तक्षेप नगरेको बताएका छन् । उनले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र पर्ने भन्दै त्यसमा अर्थ मन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने र नगरेको स्पष्ट पारेका हुन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार नै ल्याउने तयारी गरिएको भए पनि राम्रो मौद्रिक नीतिको तयारी गरेकाले मौद्रिक नीति ल्याउने कार्यक्रम शुक्रबारका लागि रोकिएको अर्थमन्त्रीले बताएका छन् ।
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले छिट्टै राम्रो मौद्रिक ल्याउनेमा पनि विश्वास व्यक्त गरेका छन् । ‘राष्ट्र बैंक राम्रो मौद्रिक नीति ल्याउने तयारीमा छ । छिट्टै राम्रो मौद्रिक नीति आउँछ भन्ने विश्वासमा छु ।’, उनले भने, ‘मौद्रिक नीतिमा अर्थ मन्त्रालयले हस्तक्षेप गर्दैन । राष्ट्र बैंक स्वायत्तता संस्था हो । राष्ट्र बैंकको क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।’
त्यस्तै, सहकारी समस्याका बारेमा बोल्दै अर्थमन्त्री पौडेलले यो एक्कासि देखिएको समस्या नभएर लामो समयदेखि झाँगिदै गएर अहिले मात्रै बाहिर आएको समस्या भएको बताएका छन् । देशको अर्थतन्त्र चलायमान राख्न सहकारी आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेलले सहकारी क्षेत्रलाई थप कमजोर हुन नदिन समस्याको गहिराइमा पुगेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनले अर्थतन्त्रमा देखिएका समस्याको एक-एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्