×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आम्दानीसँगै निफ्राको नाफा पनि घट्यो, ईपीएस कति ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आम्दानीसँगै निफ्राको नाफा पनि घट्यो, ईपीएस कति ? 

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्फ्राक्टक्चर बैंकको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५.९८ प्रतिशतले घटेको हो । 

कम्पनीले यसअवधिमा कुल १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो । 

चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र खुद फी कमिसन आम्दानी दुवै घटेसँगै कम्पनीको नाफामा पनि गिरावट देखिएको हो ।

यसअवधिमा कम्पनीको खुद संचालन आम्दानी ६.८६ प्रतिशत र सञ्चालन मुनाफा पनि ५.८७ प्रतिशतले घटेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ २७ पैसा रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ । सोही अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी