काठमाडौँ । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले सेयर बजारमा आएको परिवर्तन अन्य क्षेत्रमा पनि आउनुपर्ने बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
रायमाझीले २०.२६ प्रतिशत विपन्न जनताको जीवन स्तर उकास्न सेयर बजारमा आएको परिवर्तन क्रमश: अन्य क्षेत्रमा पनि आउनुपर्नेमा जोड दिएकी छिन् ।
साथै, उनले नयाँ समीकरणको सरकार प्रमुख नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीले पाएको दरियो विश्वास र नवनियुक्त मन्त्रिपरिषद्लाई शुभकामना व्यक्त गरेकी छिन् ।