×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढिरहेको बजार जवर्जस्ती घटाउन ‘सिष्टम कब्जा’को दुष्प्रयास ! किन्न खोज्दा ‘अटो रिजेक्ट’, बेच्न खोज्दा ‘सफल’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बढिरहेको बजार जवर्जस्ती घटाउन ‘सिष्टम कब्जा’को दुष्प्रयास ! किन्न खोज्दा ‘अटो रिजेक्ट’, बेच्न खोज्दा ‘सफल’ !

Artha Sarokar

१३ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेप्सेकै मिलेमतोमा वाईकोलाई नेप्सेको सिष्टममा कब्जाको दुष्प्रयास गरेको आरोप लागेको छ । वाईकोमै कार्यरत कर्मचारीमध्येका एकले अर्थ सरोकारलाई यस्तो खबर गरेका हुन् । नेप्सेमा सर्किट लागेपछि कम्पनी किन्न खोज्दा अटो रिजेक्ट हुने र बेच्न खोज्दा भने सफल हुनेगरी सिष्टम नियन्त्रणमा लिई वाईकोले मनपरी गरिरहेको वाईकोकै कर्मचारीको दाबी छ ।

यसो त सेयर लगानीकर्ताहरुलेसमेत टिएमएसमा किन्न नमिलेको तर बेच्न मिलेको बताइरहेका छन् । उनीहरुले निश्चित सेयर किन्न नमिलेको तर बेच्न मिलेको भन्दै नेप्सेकै मिलेमतोमा वाईकोले बजार घटाउन लागि परेको आरोप लगाईरहेका छन् । कतै बाइ, सेल नै नदेखिएको, र कतै बेच्न खोज्दा मिलेको तर किन्न खोज्दा नमिलेको गुनासो लगानीकर्ताहरुले गरिरहेका छन् ।

नेप्सेमा आज दुई पटक सर्किट लागेपछि १२:०२ मा बजार खुल्नेवाला थियो । तर १२:०१ मिनेटदेखि नै नेप्सेको साइट नै नखुल्ने समस्या देखिएको थियो । १२:०२ भएपछि त धेरैजसो टिएमएसमा बेच्न मात्र मिल्ने भएको थियो भने कतै बाईसेल नै नदेखिने समस्या देखिएको थियो । नेप्सेले प्राविधिक समस्या भने पनि वाईकोले यसअघि पनि यसरी सेयर बजारमा चलखेल गर्दै आएको थियो । तर शक्तिको आडमा वाईको माथि कारवाही नहुँदा वाईकोले यस्तो मनपरी गर्दै आएको छ । केहि समय अगाडी नेप्सेमा भएको आइटी अडिट र धितोपत्र बोर्डले गरेको छानविनमा पनि वाईकोले बजारमा मनपरी गर्न सक्ने तथ्यको खुलासा भएको थियो ।

आज वाईकोले पुन: चलखेल गरेको संकेत देखिनुले वाईकोको बदमासी थप प्रमाणित भएको लगानीकर्ताको दाबी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी