×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बुलमा बैंकलाई बेवास्ता गर्नु हुँदैन, पोर्टफोलियोमा बैंक राखे गज्जब हुन्छ’- सुवासचन्द्र ढुंगाना (अन्तर्वार्ता) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बुलमा बैंकलाई बेवास्ता गर्नु हुँदैन, पोर्टफोलियोमा बैंक राखे गज्जब हुन्छ’- सुवासचन्द्र ढुंगाना (अन्तर्वार्ता) 

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर विश्लेषक सुवासचन्द्र ढुंगानाले अहिलेको सेयर बजार बढोत्तरीको कारण बैंकिङ भएको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट लिडर्स’मा बोल्दै ढुंगानाले अहिले बजारमा देखिएको बुल ‘फन्डामेन्टल बुल’ भएको र बढोत्तरीको मुख्य कारण बैंकिङ सेक्टर नै भएको बताएका हुन् । 

उनले बैंकिङ बढ्नु अघि अरु सेक्टरमा बुल आइसकेको भए पनि बैंकिङ बढेकै कारण समग्र नेप्सेमा बुल आएको बताएका छन् । 

हाल नेप्सेमा देखिएको बढोत्तरी रहेसम्म बैंकिङमा बुल रहने भन्दै ढुंगानाले अहिलेको बजारको बढाई अझै माथि जाने बताएका छन् । यद्यपि बजारमा प्रवेश गर्ने वा सेयर किन्नेहरुका लागि अझै पनि अवसर भएको ढुंगानाको भनाई छ । ‘यो बुल अझै माथि उक्लिन्छ । छुटेँ भनेर पीर लिनु पर्दैन ।’, उनले भने, ‘कम्पनी छानेर किने अझै पनि बजारमा अवसर छ ।’  

त्यस्तै, ढुंगानाले अहिलेको बुल ‘रियल बुल’को पूर्वाध भएको बताएका छन् । सेयर बजारमा बुलको सुरुवात भएकाले अब बजारमा करेक्सन आउँदा पनि त्यसलाई स्वाभाविक करेक्सन मान्नुपर्ने ढुंगानाका भनाई छ । उनले अब बजारमा आउने करेक्सनलाई अवसरका रुपमा पनि लिन सकिने बताएका छन् । सेयर विश्लेषक ढुंगानासँग गरिएको कुराकानीको थप अंक भिडियोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी