काठमाडौँ । वीरगंज महानगरपालिकाले ३ उद्योगको गेटमा फोहोर थुपारेको छ । सिर्सिया नदी प्रदूषित गरेको भन्दै महानगरले अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको गेटमा फोहोर थुपारेको हो ।
प्रतिकारात्मक कारबाहीस्वरुप महानगरको नगर प्रहरीसहित सरसफाइको टोलीले ती उद्योगको मुख्यद्वारमै फोहोर थुपारेको नगर प्रहरी प्रमुख हरि भुसालले बताएका छन् ।
सिर्सिया नदीमा फोहोर नफाल्न पटकपटक अनुरोध गर्दा पनि उद्योगले अटेर गरेपछि प्रतिकार गर्न बाध्य भएको महानगरले जनाएको छ । महानगरका अनुसार गत बैशाख ९ गते नै नदीमा फोहोर नफाल्न ती उद्योगलाई पत्र पठाएको थियो । सँगै १५ दिनभित्र फोहोरमैला व्यवस्थापन गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
तर, महानगरको पत्र र चेतावनी समेतलाई बेवास्ता गरेपछि उद्योगमा फोहोर थुपारिएको हो । नदीमा फोहोर फाल्ने उद्योगमा निरन्तर फोहोर थुपार्ने महानगर प्रहरी प्रमुखले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्