×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा असुली गर्दा अबदेखि लघुवित्तले ऋणीलाई धम्क्याउन नपाउने, अपमान त झनै गर्नै नहुने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्जा असुली गर्दा अबदेखि लघुवित्तले ऋणीलाई धम्क्याउन नपाउने, अपमान त झनै गर्नै नहुने ! 

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका क्रममा ऋणीलाई हप्काउने, धम्क्याउने वा अपमानजनक व्यवहार गर्न नपाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले ऋण असुलीका क्रममा ऋणीलाई अपमानजनक व्यवहार गर्न नपाउने व्यवस्था गरेको हो ।

‘लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन पाउनेछैन ।’, निर्देशिकामा भनिएको छ ।

पछिल्लो केही समययता देशका विभिन्न ठाउँमा लघुवित्त वित्तीय संस्थाले ऋण असुलीमा ऋणीलाई ज्यादती गरेका खबरहरु सार्वजनिक भएका थिए । जसका विरुद्धमा लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले विरोधसमेत गर्दै आएको छ । 

तर, अब भने लघुवित्त वित्तीय संस्थाहरुले ऋण असुलीका क्रममा ऋणीसँग अपमानजनक व्यवहार एवं कठोर विधि अपनाउन नपाउने भएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी