काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनियाँको मूल्य बढेको छ । हरियो धनियाँको मुल्य ५० रुपैयाँले बढेर न्युनतम २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ६०, मकै बोडी १००, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १३०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ४०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १६०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ११०, चुकन्दर ६०, रातो बन्दा ७०, जिरीको साग ३००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ९०, हरियो लसुन १३०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३००, आँप (मालदह) १३०, आँप (दसहरी) १००, अंगुर(कालो) ४८०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, भारतीय मेवा ९०, किवि ५०० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।