Skip to content
LAXMI SUNRISE BANK

माया मेट्रो हस्पिटलको भित्तामा अनौठो पम्प्लेट, ५ दिनमा कोरोना निको पार्ने ग्यारेन्टी !

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीको माया मेट्रो हस्पिटलको भित्तामा अनौठो पम्प्लेट भेटिएको छ । धनगढीको मोहोना अत्तरिया ६ लेन सडकमा रहेको माया मेट्रो हस्पिटलको भित्तामा ५ दिनमा कोरोना निको पार्ने ग्यारेन्टिसहित पम्प्लेट टाँसिएको हो ।
हस्पिटलको भित्तामा टाँसिएको उक्त पम्प्लेटमा रबी चन्द्र बोहोरा नाम गरेको एक व्यक्तिले आफुसँग कोरोना लागेको व्यक्तिलाई ५ दिनमै नेगेटभ गराउने औषधी थाहा भएको उल्लेख गरेका छन् । उक्त पम्प्लेटमा लेखिएको छ, मैले ५ दिनमा नेगेटिभ गर्ने औषधी बताउँछु, बिरामी आई.सि.यु मा जानुभन्दा पहिले सम्पर्क गर्नुहोला । यस विषयमा अस्पतालका सम्बन्धित व्यक्ति डा. मोहन साउँदलाई सम्पर्क गर्दा आफुलाई उक्त विषयमा कुनैपनि जानकारी नभएको बताए ।
पम्प्लेटमा लेखिएको विषयमा बुझ्न हामीले उक्त फोन नम्बरमा सम्पर्क गर्दा आफुलाई कोरोनाको भाइरसलाई निर्मुल पार्ने औषधि थाहा भएको बताए । उनले भने, ‘मलाई फोन गरियो भने म घरमै तयार पार्ने जडिबुटीका बारेमा जानकारी दिन्छु, जसले कोरोना लागेको व्यक्ति पुर्ण रुपमा निको हुन्छ ।’ त्यस्तै उनले थपे, ‘म सँग सुझाव लिएको कुनैपनि शूल्क तिर्नुपर्दैन ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK