
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (काभिड १९) को दोस्रो लहर सूरु भएपछि कैलालीमा जारी गरिएको निषेधाज्ञा लम्ब्याईएको छ । गत १६ गतेबाट जारी गरिएको निषेधाज्ञालाई पुनः लम्ब्याउँदै आउँदो जेठ ६ गतेसम्म पुर्याइएको हो ।
जिल्लामा कोरानाको संक्रमण तिव्र गतिमा फैलिरहेको र मृत्यु हुनेको संख्यापनि दिनप्रतिदिन बढीरहेकोले संक्रमणको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । मंगलबार बसेको डिसिसिएमसी को बैठकबाट कैलालीमा निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो । निषेधाज्ञा लम्बिएसँगै धनगढीमा प्रहरी चेकिङ्गमा पनि कडाई गर्न थालिएको छ ।
धनगढीको चौराह, रातोपुल, अस्पताल लाईन र क्याम्पस चौकमा चेकिङ्गलाई तिव्रता दिइएको छ । अत्यावस्यक काम बाहेक बाहिर हिँड्नेलाई चेकजाँच गरी कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी प्रम्ख प्रही निरिक्षक विरेन्द्र बहादुर बोहोराले बताए । यो सँगै मंगलबार दिउँसो धनगढी प्राय सुनसान नै देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्