धनगढी । धनगढीमा अनु बुटिक एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–४ तारानगरमा बुटिक सञ्चालनमा आएको हो ।
महिला उद्यमशीलता प्रवर्द्धन गर्दै महिला हिंसाबाट प्रभावित महिलालाई सीप सिकाउने, रोजगारी दिने र आत्मनिर्भरताको अवसर प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त सेन्टरको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रानाले समाजमा महिला हिंसामा परेका महिलाको उद्धार, पुनःस्थापना र आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको यस प्रकारको संस्था अत्यन्त प्रशंसनीय रहेको बताएकी छिन् । उनले सो अभियानलाई उपमहानगरपालिकाको पूर्ण साथ र सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
त्यस्तै, सेन्टरकी सञ्चालक पार्वती ऐडीले उक्त सेन्टर व्यवसायमा मात्र सीमित नरहने, बरु महिलाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि बताएकी छिन् ।

ऐडीका अनुसार उक्त सेन्टरमा सिलाई–कटाई तथा बुटिकसम्बन्धी व्यवसायिक तालिम प्रदान गरिनेछ भने आफ्नै व्यवसाय सञ्चालन गर्न आवश्यक सीप र व्यवसायिक योजना बनाउने ज्ञान पनि दिइनेछ ।
अर्कोतर्फ हिंसा तथा विभिन्न मानसिक तनावबाट प्रभावित महिलालाई मानसिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराएर आत्मविश्वासका साथ समाजमा पुनःस्थापित हुन सहयोग गरिने ऐडीले बताएकी छिन् । उक्त सेन्टर सञ्चालनमा आएसँगै स्थानीय महिलाहरु रोजगारी र आत्मनिर्भरतासँग जोडिने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्