
- भुमिदत्त तिवारी
कैलाली । कैलालीमा एटीएम बाहेक बैंकको सबै सेवा बन्द गरिने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले कैलालीमा एटिएम बाहेक सबै बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने जनाएको छ । डीसीसीएमसीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । साथै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाको काम कारवाही निषेधाज्ञाको समयमा थप कडा पारिने भन्दै १५ बुँदा निर्णय गरिएको हो । कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्मको लागि लम्ब्याइएको छ । अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्