
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसीसी बैंकले ५ लाख कित्ता संस्थापक सेयर आज शुक्रबार (असोज २ गते) बिक्री खुला गरेको छ । नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुल्ला गरेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्