
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंकको एटिएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । बैंकले सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेकोले ३ दिन एटिएम सेवा बन्द हुने जनाएको हो । १६ गते साँझ ५:०० बजेदेखि १८ गते बिहान ५:०० बजेसम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने जनाएको हो ।
यस्तै सो मितिपश्चात एटिएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले १८ गतेदेखि आषाढ मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुनसक्ने बैंकले उल्लेख गरेको छ । सो अवधिमा यस बैंकको एटिएम कार्ड हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
साथै बैंकको कार्डलेस क्यास सुविधा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ । थप जानकारीका लागि बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नं ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्