×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी इक्विटी फन्डको सेयर बजारमा ३८.०६% ले लगानी बढ्यो, मूल्यमा पनि ४२ पैसाको बढोत्तरी !

PRIME CA

कुमारी इक्विटी फन्डको सेयर बजारमा ३८.०६% ले लगानी बढ्यो, मूल्यमा पनि ४२ पैसाको बढोत्तरी !

अर्थ सरोकार

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी इक्विटी फन्डको सेयर बजारमा लगानी बढेको छ । जेठ मसान्तसम्ममा उक्त फन्डको सूचिकृत कम्पानीहरुको सेयरमा लगानी ३८.०६% ले बढेर ५६ करोड २१ लाख ३३ हजार ७४६ रुपैयाँ पुगेको हो । वैशाख महिनामा फन्डको सूचीकृत कम्पनीको सेयरमा ४० करोड ७१ लाख ४७ हजार ८२६ रुपैयाँ लगानी थियो ।
फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ४२ पैसाले बढेर १० रुपैयाँ ७६ पैसा पुगेको छ  भने बैंक मौज्दात ११ करोड ९९ लाख ३५ हजार रुपैयाँले घटेर ३० करोड ६५ लाख ६४ हजार रुपैयाँमा सिमित भएको छ । 
यसअवधिमा फन्डले २८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयरमा ५ करोड ७९ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: