×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खर्च घटाउन हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै इन्टेल ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खर्च घटाउन हजारौँ कर्मचारीलाई कामबाट निकाल्दै इन्टेल ! 

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाको चिप निर्माता कम्पनी इन्टेलले हजारौँ कर्मचारी कटौती गर्ने भएको छ । आम्दानी बढाउन खर्च कम गर्न कम्पनीले इन्टेलमा कार्यरत करिब १९ हजार कर्मचारीलाई कामबाट निकाल्न लागेको हो । कर्मचारी कटौतीबारे कम्पनीले बिहीबार घोषणा गरिसकेको छ । 

उक्त घोषणामा कम्पनीले आफ्नो सञ्चालनलाई व्यवस्थित बनाउन कुल कर्मचारीमध्ये १५ प्रतिशत कर्मचारी कटौती गर्न लागेको जनाएको छ ।

तर, कम्पनीले सन् २०२५ मा १० अर्ब डलर रुपैयाँ बचाउने योजना अनुसार खर्च कम गर्न कर्मचारीलाई कामबाट निकाल्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले यसवर्ष पूँजीगत खर्च २० प्रतिशत भन्दा धेरै घटाउने लक्ष्य लिएको छ । 

त्यस्तै, कम्पनीले सन् २०२६ सम्ममा वर्षेनी अनुसन्धान तथा विकास र मार्केटिङमा पनि अर्बौ डलर खर्च घटाउने भएको छ । इन्टेल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६० करोड डलर घाटामा छ । हाल इन्टेल कम्पनीमा विश्वभर १ लाख २५ जना कर्मचारीहरु कार्यरत छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी