काठमाडौँ । भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीय रामेछाप जिल्लाको ऐतिहाशिक प्रथम सम्मेलन सम्पन्न भएको छ । भण्डारी सेवा समाज नेपाल रघुबंशी कौशिक गोत्रीय बाग्मती प्रदेश समिति उपाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रमका बीच सो सम्मेलन सम्पन्न भएको हो ।
सो सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष वीर बहादुर भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने, विशिष्ट अतिथिका रुपमा समाजका प्रमुख संरक्षक जीवन कुमार भण्डारी, संरक्षक निवर्तमान अध्यक्ष केशर बहादुर भण्डारी (अर्जुन), र अतिथिका रुपमा बरिष्ठ उपाध्यक्ष राम कुमार भण्डारी , उपाध्यक्ष तथा बागमती प्रदेश र तराइ मधेश प्रदेस इन्चार्ज कुमार भण्डारी , महासचिव राधाकृष्ण भण्डारी , उपमहासचिव बद्री कुमार भण्डारी , सचिव रोज कुमार भण्डारी , निवर्तमान महासचिव माधव भण्डारी , बरिष्ठ सदस्य थिर बहादुर भण्डारी , कृष्ण भण्डार , रामकाजी भण्डारी केन्द्रीय सदस्य, सहदेव भण्डारी, राम भण्डारी (निरेश), नरबहादुर भण्डारी , रविन भण्डारी , डम्बर भण्डारी , टिकाध्वज भण्डारी , बिमला भण्डारी , ओमजङ्ग भण्डारी , रमेश काजी भण्डारी र बाग्मती प्रदेस समिती अध्यक्ष दिलिप भण्डारी तराइ मधेश प्रदेस प्रदेश अध्यक्ष बिक्रम भण्डारी लगायतकाको उपस्थिति थियो ।

सो सम्मेलनले हेम बहादुर भण्डारी (रमेश)को अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति चयन गर्नुका साथै रबिन्द्रनाथ भण्डारीको संयोजकत्वमा २७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । ५०० बढीको उपस्थिति रहेको सो कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश तथा तराइ मधेश प्रदेस इन्चार्ज कुमार भण्डारीले कार्यक्रमलाई हालसम्मकै ऐतिहासिक बनाउन सहयोग गरेको भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका छन् ।
सम्मेलनमा रामेछापको भदौरे, पिङखुरी, बेथान , सिम , गोगने, मझुवा, बेशिटोल भुत्तेखोला, बेताली, रस्नालु, गोठगाउ, दुरागाउ सैपु, प्रीती, मन्थली लगायतका ठाउँबाट भण्डारी बन्धुहरु उपस्थित भएका थिए ।
सो कार्यक्रममा ७० कटेका ४० जना रघुवंशी कौशिक गोत्रीय बृद्धबृद्धाहरुलाई सम्मानसमेत गरिएको थियो । यसअघि २०७४ सालमा पनि रामेछापको भदौरे, निवर्तमान सचिव कुमार भण्डारीको घरमा रघुवंशी कौशिक गोत्रीय पितृहरुको उद्धारको कामना गर्दै महायज्ञ गरिएको थियो भने बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्