Skip to content
LAXMI SUNRISE BANK

नाफासँगै सिटिजन्स बैंकको ईपीएस पनि घट्यो

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा २७.९७ प्रतिशतले घटेको हो । 

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २.४४ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK