काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित भदौ ४ गते साधारणसभा बोलाएको छ ।
कम्पनीले प्रिमियम वा अंकित मूल्यमा प्रारम्भक वा सार्वजनिक सेयर निष्कासन गर्ने जनाईएको छ । आइपीओ निष्काशनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।
सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्नेछ ।
यस्तै, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा सभामा छलफल हुनेछ ।