×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपालमा जुम्रा भेटिएपछि न्युयोर्क उडेको जहाजको आकस्मिक अवतरण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कपालमा जुम्रा भेटिएपछि न्युयोर्क उडेको जहाजको आकस्मिक अवतरण !

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि अमेरिकाको लस एन्जलसबाट न्युयोर्कका लागि उडेको विमानको आकस्मिक अवतरण गराइएको छ ।

यात्रु बोकेर उडेको विमानमा सवार एक महिला यात्रुको कपालमा जुम्रा देखिएपछि ‘मेडिकल इमर्जेन्सी’ भन्दै पाइलटले जहाज फिनिक्समा आकस्मिक अवतरण गराएका हुन् ।

अहिले सामाजिक सञ्जालमा उक्त खबर भाइरल भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार विमानमा सवार एक महिला यात्रुको टाउकोमा जुम्रा देखेपछि विमानमा सवार दुई युवतीले विमान कर्मचारीलाई एक महिलाको टाउकोमा जुम्रा हिँडिरहेको जानकारी गराएका थिए ।

त्यसपछि विमान कर्मचारीले उक्त खबर पाइलटलाई दिएपछि पाइलटले ‘मेडिकल इमर्जेन्सी’ ठानेर विमान बीच बाटोमै आकस्मिक अवतरण गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आकस्मिक अवतरणपछि फिनिक्समा करिब १२ घण्टा रोकिएको जहाज त्यसपछि मात्रै न्युयोर्कका लागि उडेको थियो । टाउकोमा जुम्रा भेटिएकी महिलाको पहिचान भने गोप्य राखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी