काठमाडौं । स्वयम्भुबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य देख्न सकिन्छ ।
लगातार केहि दिन यता परेको वर्षापछि आज खुलेको मौसममा काठमाडौँ उपत्यका सुन्दर देखिएको छ । स्वयम्भुबाट धरहरा, उपत्यकाको बाक्लो बस्तिको सुन्दर दृश्य हेर्न सकिन्छ । यहाँ उपत्यका र उपत्यका बाहिरबाट मानिसहरु घुम्न आउने गर्छन् ।
स्वयम्भुमा श्रावण २१ गते सोमबारदेखि १ महिनासम्म चल्ने मेला लागेको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भु महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । बाँकी तस्विरमा हेर्नुहोस् :