- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।