×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Artha Sarokar

२७ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य १०० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ३०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३७ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५५ रुपैयाँ, सेतो आलु ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ९०, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १३०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली २००, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १००, सेलेरी २५०, पार्सले ९००, पुदिना ५५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ७०, हरियो लसुन १६०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२० , छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ६०, किवि ५००, शरीफा ३०० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी