×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ७०.८१ अंकले बढ्यो नेप्से, २७ अर्बमाथिको सेयर कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ७०.८१ अंकले बढ्यो नेप्से, २७ अर्बमाथिको सेयर कारोबार

Artha Sarokar

२८ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ७०.८१  अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा २७ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्सोरेन्सको भएको छ । यस कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबार सबैभन्दा धेरै नाफा सूर्यज्योति लाइफ इन्सोरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी