Skip to content
LAXMI SUNRISE BANK

बैठक चलिरहँदा संसद भवन परिसरमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने विरोध प्रदर्शन भएको छ । रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो  ।

उनले भूटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरुलाई सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK