×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिपब्लिक मिडियाको नाफामा उल्लेख्य बढोत्तरी, ईपीएस पनि ३१ पैसाले बढ्यो, कस्तो छ कम्पनीको वित्तीय अवस्था ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिपब्लिक मिडियाको नाफामा उल्लेख्य बढोत्तरी, ईपीएस पनि ३१ पैसाले बढ्यो, कस्तो छ कम्पनीको वित्तीय अवस्था ? 

Artha Sarokar

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा २८८.२९ प्रतिशतले बढेको छ । यसअवधिमा कम्पनीले कुल ४० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 

यसअवधिमा कम्पनीको आम्दानी १६.३० प्रतिशतले घटेको छ भने कुल आम्दानीमा पनि १०.७८ प्रतिशत गिरावट आएको छ । 

असार मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी २९.०३ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा २१.६० प्रतिशतले घटेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेको छ । आम्दानी घटे पनि वित्तीय शुल्क घटेका कारण कम्पनीको नाफा उल्लेख्य बढेको हो । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस ३१ पैसाले बढेर ४२ पैसा पुगेको छ । 

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ समीक्षा अवधिमा ८८ रुपैयाँ ७७ पैसा छ भने कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी