काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेप्से परिसूचकले ३००० बिन्दु नाघेको छ ।
निरन्तर उकालो गतिमा रहेको नेप्से बिहीबार ३०००.८१ बिन्दुमा पुगेको हो । यो पछिल्लो तीन वर्ष यताकै उच्च बिन्दु हो ।
यसअघि नेप्से परिसूचक २०७८ साल भदौ १५ गते ३०४७.२६ बिन्दुमा पुगेको थियो । त्यसयता भने नेप्से निरन्तर ओरालो गतिमा लागेको थियो ।
आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिमा लचिलो व्यवस्था भएसँगै र नेपाली काँग्रेस र एमालेबीच गठबन्धन भएर नयाँ सरकार बनेसँगै उकालो गतिमा हिँडेको सेयर बजार आज ३००० बिन्दु नाघेको छ ।
बिहीबार सेयर बजारमा कारोबार रकमले पनि रेकर्ड ब्रेक गरेको छ । आज नेप्सेमा हालसम्मकै सर्वाधिक २९ अर्ब ९५ करोडमाथिको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्